Listen LIVE

केन्याली धावक मुरियुकीलाई १२औं म्याराथनको उपाधि

नेपालगञ्ज : १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियुकी वाहोमेले जितेका छन् । शनिबार विहान नेपालगञ्जमा सम्पन्न नेपालगञ्ज म्याराथनको १२औं संस्करणको उपाधि जितेका जुलियसले २ लाख नगद पुरस्कार समेत हात पारेका छन् । उनले २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका थिए ।

यसैगरी २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाली धावक कुल बहादुर बस्नेत दोस्रो भएका छन् भने २ घण्टा २४ मिनेट २९ सेकेण्डमा उक्त दुरी पार गर्दै नेपाली धावक कृष्ण बहादुर परियार तेस्रो भएका छन् । दोस्रो भएका बस्नेत र तेस्रो भएका परियारले क्रमशः नगद रु. १ लाख र ५० हजार पुरस्कार जितेका छन् । 

यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि राज्यलक्ष्मी रावतले जितेकी छिन् । उनले उपाधिसंगै नगद ७५ हजार पुरस्कार हात पारेकी छिन् ।  यस्तै हाफ म्याराथनमा सम्झना लिम्बु दोस्रो हुँदा तेस्रो सरस्वती भट्टराई भएकी छिन् । रावत, लिम्बु र भट्टराईले क्रमशः १ घण्टा २७ मिनेट ३६ सेकेण्ड, १ घण्टा २८ मिनेट ३० सेकेण्ड र १ घण्टा ३० मिनेट ३७ सेकेण्डमा उक्त दुरी पार गरेका हुन् ।

म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया