Listen LIVE

सुरक्षा परियोजना मानव बेचबिखन रोक्न प्रभावकारी

बर्दिया : बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको अन्तिम परियोजना समीक्षा तथा सिकाइ आदान प्रदान बैठक सम्पन्न भएको छ । 

बैठकमा प्लान इन्टरनेशनल नेपालका प्रतिनिधिहरू, बाँके युनेस्को क्लबको व्यवस्थापन, कार्यसमिति सदस्यहरू तथा परियोजना कर्मचारीहरूको सहभागिता रहेको थियो । 

बैठकको प्रमुख उद्देश्य परियोजनाका निर्धारित लक्ष्य तथा अपेक्षित उपलब्धिहरूको तुलनामा भएको प्रगति र उपलब्धिहरूको समीक्षा गर्नु, परियोजनाले पारेको प्रभाव तथा योगदानको मूल्यांकन गर्नु, असल अभ्यास र सिकाइहरू अभिलेखीकरण गर्नु र कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको विश्लेषण गर्नु रहेको थियो । 

बैठकमा परियोजना संयोजक ईश्वर बिकले परियोजनाको समग्र प्रगति, नतिजा अनुसारका उपलब्धिहरू, प्रमुख सफलताहरू, असल अभ्यास, महत्वपूर्ण सिकाइ, कार्यान्वयनका चुनौतीहरू तथा दिगोपना योजनाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । 

त्यसैगरी, फिल्ड सुपरभाइजर साबित्रा भाट र प्रमिशा थारूले समुदाय स्तरमा कार्यान्वयनका क्रममा प्राप्त व्यावहारिक अनुभव, सिकाइ तथा परियोजनाका बाट देखिएका सकारात्मक परिवर्तनहरू प्रस्तुत गरेकी थिइन् । यसै क्रममा वित्त तथा लजिस्टिक अधिकृत सञ्जय चौधरीले परियोजनाको वित्तीय प्रगतिबारे प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा सुरक्षा परियोजनाका प्रमुख गतिविधि, उपलब्धि, समुदायस्तरमा देखिएका परिवर्तन तथा समग्र कार्यान्वयन यात्रालाई समेटिएको भिडियो वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । 

प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय ब्यबस्थापक मीना पराजुलीले सुरक्षा परियोजनाको सफल कार्यान्वयनमा बाँके युनेस्को क्लब तथा परियोजना टोलीले निर्वाह गरेको भूमिका, समर्पण र योगदानको उच्च प्रशंसा गरिन् । उनले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र बाल संरक्षण सुदृढीकरणका लागि परियोजनाले समुदायस्तरमा पु¥याएको सकारात्मक प्रभाव, सहकार्यमा आधारित कार्यशैली तथा स्थानीय सरोकारवालाहरूको प्रभावकारी सहभागितालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिन् । 

त्यसैगरी, प्लान इन्टरनेशनल नेपालको केन्द्रीय टोलीका प्रतिनिधि सन्देश शिल्पकारले परियोजनाका समग्र उपलब्धि, कार्यान्वयनका प्रयास तथा मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र बाल संरक्षण प्रवद्र्धनमा पु¥याएको योगदानको प्रशंसा गरे । 

बैठकको अध्यक्षता बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङले गरेका थिए । समापन मन्तव्यका क्रममा उनले परियोजना कार्यान्वयन अवधिभर प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लबको व्यवस्थापन, कार्यसमिति सदस्यहरू, परियोजना कर्मचारी, स्थानीय सरकार तथा समुदायस्तरका सरोकारवालाहरूले पु¥याउनुभएको सामूहिक प्रयास, सहकार्य र योगदानप्रति आभार व्यक्त गरे ।

बैठकमा प्लान इन्टरनेशनल नेपालको केन्द्रीय तथा क्षेत्रीय टोलीबाट शान्ति उपाध्याय, गीता बिडारी, शान्ति थापा र दुर्गा क्षेत्रीको सहभागिता रहेको थियो भने बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यसमिति सदस्यहरू मीना चौधरी र सपना परियार तथा सुरक्षा परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैठकले सुरक्षा परियोजनाले निर्धारित लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नुका साथै लक्षित समुदायमा बाल संरक्षण सुदृढीकरण र मानव बेचबिखन तथा ओसारपसारको रोकथाममा महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकालेको थियो । 

बैठकले परियोजनाबाट हासिल भएका उपलब्धि तथा सिकाइहरूलाई दीर्घकालीन सामुदायिक पहल र व्यवहारमा रूपान्तरण गर्ने साझा प्रतिबद्धताका साथ समापन भएको थियो ।

प्रतिक्रिया