नेपालगञ्ज : नेपालगञ्जस्थित मानवसेवा आश्रममा रहेका बृद्धबृद्धा तथा बालबालिकाको उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
वेष्टर्न अस्पताल नेपालगञ्जले मानवसेवा आश्रममा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९४ जना बृद्धबृद्धा तथा बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको मानवसेवा आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमकी स्मृति त्रिपाठीले शिविरबाट आश्रममा रहेका व्यक्तिहरूले लाभ लिएको बताइन् । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर सञ्चालन गरेको जनाएको छ ।
वेस्टर्न अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.रोशन सापकोटाले शिविरमा आश्रममा आश्रित ९४ जनाको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको जनाउँदै स्वास्थ्य परीक्षणका क्रममा आश्रममा रहेका अधिकांश व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको बताए ।
उनले मानसिक स्वास्थ्य समस्याका अतिरिक्त उनीहरूमा दम, झाडापखाला, जोर्नी दुख्ने लगायतका समस्या पाइएको जानकारी दिए । शिविरमा डा.सापकोटासँगै मेडिकल अधिकृत डा.सुशान्त कार्की, केयर गिभर गौमति गुरुङ, ज्ञानु शाही, ताज बानु बागवान, ममता गोडिया, अर्चना थारु र लक्ष्मी थारु, अस्पतालका मार्केटिङ म्यानेजर नितिज श्रेष्ठ र मार्केटिङ अफिसर आशिष श्रेष्ठको सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार