जाजरकोट : जाजरकोटमा एक बालक भेरी नदिमा बगेर बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन् ।
स्थानीय गणेश सिंहका अनुसार जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलनको भेरी २ दिन अघि भेरी नदिमा बगेर बेपत्ता भएको र स्थानीय तथा प्रहरीको टोलीले खोज्दा समेत हालसम्म शव प्राप्त गर्न नसकेको जानकारी दिए ।
जाजरकोटमा बर्षेनि भेरी नदिमा डुबेर ३०–४० जना नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बर्षेनि ठुलो सङ्ख्यामा नागरिकहरू भेरी नदिमा डुबेर ज्यान गुमाउने समस्या समाधानका लागि पूर्व तयारी गर्नु पर्ने बताउँछन् ।
2024-06-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार