नेपालगञ्ज : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत हाल नेपालगञ्जमा प्रहरी जवान आधारभूत तालिम ९/१४१ औं समूहको दीक्षान्त समारोह कार्यक्रम आज भव्यरूपमा सम्पन्न गरिएको छ ।
८२ मंसिर १७ गतेदेखि आजसम्म सञ्चालित तालिममा सहभागी दुई सय ३६ जना प्रशिक्षार्थी प्रहरी जवानलाई एक समारोहबिच दिक्षित गरिएको हो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले तालिम पूरा गरेका प्रहरी जवानहरूलाई दीक्षान्त प्रमाणपत्र वितरण गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरे । उनले उच्च मनोबलका साथ शान्ति सुब्यवस्था र अपराध नियन्त्रणमा लाग्न निर्देशन दिए ।
तालिममा सर्वप्रथम स्थान हासिल गर्ने सफल प्रशिक्षार्थी प्रहरी जवान रोसिष खड्का बनेका छन् । सर्वद्वितीय स्थान भिम बहादुर रावतले हासिल गरेका छन् । सर्वतृतीय स्थान सजिप्ता शाहीले हासिल गरेकी छन् ।
अन्य विधामा कवाज प्रथम पूर्णिमा चौधरी (बर्दिया), अध्ययन प्रथम अस्मिता विक (सुर्खेत), शारीरिक व्यायाम प्रथम खुमबहादुर रावत (जुम्ला) र चाँदमारी प्रथम धर्मराज धामी बोगटी (सुर्खेत) बनेका छन् ।
कार्यक्रममा समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्याम कुमार महतोले शपथ ग्रहण गराएका थिए भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । तालिम अवधिभर उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा आन्तरिक तथा बाह्य उत्कृष्ट प्रशिक्षकहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो । दीक्षान्त समारोहमा प्रदेश प्रहरी कार्यालयका उच्च अधिकारीहरू, प्रशिक्षकहरू र प्रशिक्षार्थीका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार