धनगढी : कैलाली प्रहरीले तीन नाल भरुवा बन्दुकसहित ३७ वर्षीय मोहनबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर पालको नेतृत्वमा खटेको प्रहरी टोलीले घोडाघोडी नगरपालिका –१२ नकफोडुवानजिक घरबाट लुकाइ–छिपाई राखेको अवस्थाबाट भरुवा बन्दुकसहित खत्रीलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए । पक्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय सुखडमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
2024-06-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार