Listen LIVE

दाङमा पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

दाङ : दाङको तुलसीपुरमा एक वृद्धा पानी ट्याङ्कीमा मृत फेला परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरा गाउँमा ७० वर्षीया शान्ता देवकोटा घर नजिकै पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार राति १० बजे देवकोटालाई घर नजिकको सिँचाइका लागि पानी जम्मा गरिएको ट्याङ्कीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया