नेपालगञ्ज : बाँकेको कोहलपुरमा बिहानैदेखि वर्षा भइरहेको छ ।
मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन सोमबार देशफर फैलिएको थियो। सोमबार दिउँसो महाशाखाले बुलेटिनमार्फत् मनसुनी वायु देशभर फैलिएको बताएको हो ।
2024-06-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार