प्युठान : प्युठानको गौमुखि गाउपालिका–५ सालि बिसौनामा नेपाली सेनाको नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तर्गत गौमुखि गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेना श्री बर्द बहादुर गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमकाबिच गर्णले गौमुखि गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
विपद्को समयमा उद्धारका लागि पालिकाको उपयुक्त स्थान पहिचान गरि निर्माण सम्पन हेलिप्याड १९ नम्बर बाहिनी अड्डाका बाहिनि पति साहयक रथि भुवनपुर्ण सत्याल द्वारा पालिका अध्यक्ष बिष्णुकुमार गिरीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, डिभिजन वन कार्यलयका प्रमुख शंकर गुप्ता, जिल्ला प्रहरी कार्यलय, सशस्त्र बल, जिल्ला अनुसन्धान, स्थानीय जनप्रतिनिधि,पालिका प्रमुख प्रशासकिय अधिकृत एवम् स्थानीय र सञ्चारकर्मिहरुको उपस्थित रहेको थियो ।
पालिका अध्यक्ष बिष्णुकुमार गिरीले हेलिप्याड तत्कालै प्रयोगमा नआएपनि विपत्तिको बेलामा राहत र उद्वारका सहज हुने बताए । बाढी पहिरोको हिसाबले उच्च जोखिममा रहेका गौमुखि गाउपालिका भित्रका विभिन्न बस्ति तथा बर्खायाममा विपतको रेड जोनमा रहेको मुख्य सडक खण्ड मच्छि ठुलाबेशि अवरुद्ध हुनगएमा वैकल्पिक उपाय विपत्तिका बेला कुनै थिएन अब केहि सहज हुने अध्यक्ष गिरीले बताए ।
हेलिप्याड निर्माणमा प्राविधिक सहयोग गरेकोमा बर्द बहादुर गणका गणपति प्रमुख सेनानि रमेस थापा लगायत निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय जग्गादाताहरुलाई धन्यवाद दिदै प्रशंसापत्र प्रदान गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार