नेपालगञ्ज : अबैध रुपमा ल्याएको सालको काठ प्रहरीले बरामद गरेको छ ।
नेपालगञ्ज १० गोसाईगाउस्थित बिनोद जैसवालले सञ्चालन गरेको जेसवाल समिलमा अबैध साल जातको काठ रहेको विशेष सुचनाको आधारमा गुलाम रसुल बेहनाले ल्याई राखेको ७ फिट लम्बाई ४८ ईन्च गोलाई भएको ७ क्यु फिट अं. मुल्य रु.३५ हजार बराबरको साल जातको गोलिया काठ प्रहरीले बरामद गरेको हो ।
काठ बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगञ्ज सब डिभिजन बन कार्यालय बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2024-06-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार