दाङ : दाङको घोराहीमा सिकलसेल एनिमियाबाट प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाडौंको साझेदारीमा घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रका १५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई छात्रवृति अन्तर्गत ड्रेस, कापीकलम, पेन्सिल, जिओमेट्री बक्स, ब्याग, क्यालकुलेटर लगायत प्रदान गरिएको थियो । त्यसक्रममा युकेजीदेखि स्नातक तहसम्म अध्ययनरत सिकलसेलबाट प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आशामानी चौधरीले बताइन् ।
आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देश्यले स्थापित संस्थाले शिक्षा, स्वास्थ्यसँगै सामाजिक क्षेत्रमा का स्थापनाकालदेखि काम गर्दै आएको भन्दै अध्यक्ष चौधरीले भने, ‘आर्थिक रुपमा कमजोर घर परिवारका विद्यार्थीहरु सिकलसेल रोगबाट प्रभावित भएर पढाईमा समस्या भएपछि सस्थाले शैक्षिक सामग्री सहयोग गरेको छ ।’ उनले बालबालिकासँगै आयआर्जनका लागि घर परिवारका सदस्यलाई पनि विभिन्न सिपमुलक तालिम समेत सिकाउँदै आएको छ ।
गत वर्षको असारमा नाराययणपुर क्षेत्रमा चार सय बढी थारु समुदायमा गरिएको परिक्षणका क्रममा ४१ जना सिकलसेल रोगका बिरामी फेला परेका थिए । उनीहरुमध्ये १५ जना विद्यार्थी भएकाले उनीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । सस्थाले सिकलसेल प्रभावित परिवारलाई विभिन्न सिप मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार