बर्दिया : बर्दियामा पछिल्लो समयमा तीन हजार दुईसय ८३ मतदाता थपिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०८२ को तुलनामा बर्दियामा मतदाता बढेका हुन् ।
निर्वाचन कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा पुरुष एक लाख ६१ हजार ६१ जना महिला एक लाख ६५ हजार चारसय ८२ जना अन्य ६ जना गरी तीन लाख २६ हजार पाँचसय ४९ जना मतदाता रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०८२ मा पुरुष एक लाख ५९ हजार तीनसय ८७ महिला एक लाख ६३ हजार आठसय ७३ जना र अन्य ६ जना गरी तीन लाख २३ हजार दुई सय ६६ जना मतदाता रहेका थिए ।
त्यसैगरी बर्दिया जिल्लामा एक हजार नौसय ६७ जना मतदाताको नाम नामावलीबाट हटाइएको छ । जसमध्ये एक हजार ५३ जना मृत्यु भएर, नौ सय ११ जना दोहोरो नाम भएर र तीन जना नागरिकता त्याग गरेर हटाइएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका निमित्त निर्वाचन अधिकारी अनुप ढकालले बताए । उनले छसय ४८ जनाको ठाउँसारी र त्रुटी सच्याउने काम गरेको बताए ।
असोज मसान्तसम्मको मतदाता नामावली विवरण निर्वाचन आयोगले प्रकाशन गरेको बताउँदै निर्वाचन घोषणा भएमा मतदाता संख्या केही थप भएर आउने उनले जानकारी गराए । निर्वाचन घोषणा हुने समाचार आएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेक्रम बढ्न थालेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार