Listen LIVE

राष्ट्रिय पौडीमा बने चार राष्ट्रिय कीर्तिमान

नेपालगञ्ज : दशौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा चार नयाँ कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदुरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतिका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएन लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

नेपालगन्ज स्थित पौडी पोखरीमा भएको प्रतियोगिताको दोस्रो दिन सुदुरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफनो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि उनको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत ९५ मिनेट ०७.५७ सेकेन्ड र बागमतिका अरिक कर्माचार्यले कास्य पदक ९५ मिनेट २६.९९ सेकेन्ड जिते । 

महिला तर्फको ८०० मिटर फ्रिस्टायलमा लिलीले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफनै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पुरा गर्दै रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्ड सहित कास्य पदक हासिल गरिन् । 

यसैगरी बुधबार बागमति प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदैं स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए । प्रधानले स्वर्ण जित्दा बागमतिका रिभान्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्ड सहित रजत र आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्ड सहित कास्य पदक हासिल गरे । 

त्यस्तै नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२।१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई बुधबार पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । 

प्रतियोगिता अन्तर्गत महिला ५० मिटर बटरफ्लाईमा एनआरएन मिखा काया थापाले स्वर्ण पदक९३०.७८ सेकेन्ड, पुलिसकी देभान्सीले रजत ९३२.८८ सेकेन्ड र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३.५६ सेकेन्डमा पुरा गर्दै संयुक्त रुपमा कास्य पदक हासिल गरे । 

५० मिटर पुरुष बटरफ्लाईमा बागमतिका अभिव प्रधानले स्वर्ण ९२६.०७ सेकेन्ड, पुलिसका इर्भिनले रजत ९२७.-१४ सेकेन्ड, आर्मीका खेलाडीद्धय सौरेन बहादुर सिंह र असिम भण्डारीले २७.३२ सेकेन्ड समय खर्चेर कास्य पदक जिते । 

२०० मिटर महिला फ्रिस्टायलमा एनआरएन लिलीले स्वर्ण ९२ मिनेट १४.०३ सेकेन्ड, आर्मीकी डुअना रजत९२ मिनेट १४.४२ सेकेन्ड र एनआरएन मिखाले कास्य ९२ मिनेट १९.६८ सेकेन्ड पदक जितिन् । 

२०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिनले ९१ मिनेट ५९.४८ सेकेन्ड स्वर्ण, पुलिसकै काल्किनले रजत ९२ मिनेट ००.८३ सेकेन्ड र आर्मीका अल्भिनले कास्य९२मिनेट ०५.०० सेकेन्ड पदक हासिल गरे । 

१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतिकी आर्या महर्जनले स्वर्ण ९१ मिनेट ११.९५ सेकेन्ड, एनआरएन मिखाले रजत ९१ मिनेट १३.६२ सेकेन्ड र बागमतिकी रोयल प्रजापतिले कास्य ९१ मिनेट १४.४३ सेकेन्ड कास्य हासिल गरिन् । 

४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतिले स्वर्ण ९५ मिनेट ०५.६९ सेकेन्ड, पुलिसले रजत ९५ मिनेट ११.७१ सेकेन्ड र आर्मीले कास्य ९५ मिनेट १५.८५ सेकेन्ड पदक हासिल गरेको छ । 

बुधबारको अन्तिम इभेन्ट मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतिले स्वर्ण ९२ मिनेट ०२.४६ सेकेन्ड आर्मीले रजत ९२ मिनेट ०४.११ सेकेन्ड र पुलिसले कास्य पदक ९२ मिनेट ०७.०८ सेकेन्ड हासिल गरेको छ । 

प्रतियोगिताको दोस्रो दिन सम्म आइपुग्दा अंक तालिकामा बागमति ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कुल १९ पदक सहित शिर्ष स्थानमा छ भने एनआरएन टिम ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदक सहित दोस्रो र पुलिस ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदक सहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक, पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण, २ रजत गरी कुल ३ पदक र कोशी प्रदेश १ स्वर्ण सहित तालिकाको छैठौ स्थानमा रहेको छ । 

प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्म आइपुग्दा ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफनै रेकर्डमा सुधार गर्दै ३०।६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । 

त्यस्तै महिला तर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७।०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् । 

बुधबार प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापाले पुरस्कृत गर्नु भएको थियो ।

प्रतिक्रिया