काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल अब १ वर्ष १० महिना १५ दिन बाँकी रहेको बताएका छन्।
शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचनमा बोल्दै उनले कोही पनि व्यक्ति चाहँदैमा सबै कुरा पूरा नहुने बताए।
‘मलाई मन नपराउनेका लागि खुसीको खबर भनिदिन्छु’ ओलीले भने, ’अब प्रधानमन्त्रीका रुपमा यसपटक मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी छ।’ उनले आफूले सात दिन अगावै राजीनामा दिएर बाहिरिने प्रतिवद्धता दोहोर्याए।
नेपाली कांग्रेससँगको सहकार्यमा ओली असार ३१ गते ओली प्रधानमन्त्री भएका हुन्। दुई दलबीच दुई वर्षपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने समझदारी छ।
2024-08-31
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार