Listen LIVE

नेपालगञ्जमा ३ लाखको भन्सार छलिको सामान बरामद

नेपालगञ्ज : नेपालगञ्ज १ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीले धाराका पाटपुर्जा र आईस क्रिम बनाउने पाउडर दुध र स्टिक लगायतका सामान सहित अन्दाजी मुल्य दुई लाख सन्तानब्बे हजार छ सय पचास बराबरको सामान बरामद गरेको हो ।

उक्त बरामदका सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया