नेपालगञ्ज : लायन्स क्लब अफ नेपालगञ्ज जीवनले मानव सेवा आश्रम आदर्शनगर नेपालगञ्जमा स्वास्थ्य जाँच कार्यक्रम गरेको छ । आश्रममा रहेका धेरैमा मानसिक स्वास्थ समस्या धेरै देखिएको क्लबका अध्यक्ष जीवन शर्माले बताए । अन्यमा शारीरिक समस्या र केहीमा छालाको समस्या देखिएको छ ।
डाक्टर प्रदीप रेग्मी, जनरल फिजिसियन डाक्टर उमेश ढुंगाना र छाला रोग विशेषज्ञ डाक्टर अस्मिता सुवेदीले जाँच गरेका थिए ।
केहीमा रगत परीक्षण गर्न क्वेस्ट प्याथोलोजीले सहयोग गरेको थियो भने अपुग औषधिमा नेपाल फर्मास्युटिकलले सहयोग गरेको क्लब अध्यक्ष जीवन शर्माले जानकारी दिए ।
आश्रममानै आएर सेवा दिएकोमा सम्पुर्ण चिकित्सक र क्लबलाई आश्रम प्रमुख उर्बिन सापकोटाले दोसल्लाले सम्मान गर्दै धन्यवाद व्यक्त गरे ।
2024-07-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार