काठमाण्डौ : समाजवादी मोर्चाको बैठक बस्दैछ। आज अपरान्ह ४ बजे नेकपा –एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ।
समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन्।
यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन। जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ।
2024-07-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार