काठमाण्डौ : झापाको मेचीनगरमा बिहीबार बिहान हात्ती मृत फेला परेको छ। मेचीनगर–३ स्थित निन्दा खोलाको पश्चिमतर्फ धरधरे ग्राउण्ड नजिक मृत हात्ती फेला परेको हात्ती सूचना केन्द्र बाहुनडाँगीले जनाएको छ।
बिहानै भाले हात्ती मृत फेला परेको र शरीरमा देखिने प्रकारको कुनै पनि चोटपटक नरहेको स्थानीयले बताएका छन्।
हात्ती के कारण मरेको भन्ने खुल्न नसकेको बताइएको छ। विद्युतीय धराप लाग्दा हात्ती सोही ठाउँमा नै मर्ने भएकाले विद्युतीय धरापमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिए। फुड पोइजनिङका कारण हात्ती मरेको हुनसक्ने पनि उनको भनाइ छ।
झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने जानकारीदिए। योसहित जिल्लाका विभिन्न पालिकामा अहिलेसम्म २० वटा हात्ती विभिन्न कारणले मरिसकेका छन्। धेरैजसो हात्ती विद्युतीय तार बारमा परेर मरेको बताइन्छ।
केही दिनदेखि यो क्षेत्रमा ३० देखि ४० सम्मको सङ्ख्यामा हात्तीहरू ओहोरदोहोर गर्दै आएका थिए। भारतीय जंगलबाट नेपालतर्फ आउने र फर्कने क्रम दिनहुँजसो शुनेगरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार