नेपालगञ्ज : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा बाँकेका शुक्रऋषि चौलागाईं भारी मतान्तरले निर्वाचित भएका छन् । रेडियो बागेश्वरी एफएममा कार्यरत उनी ५ सय ९९ मत ल्याएर विजयी भएका हुन् ।
यसैगरी नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सम्पन्न गरिएको मतगणनामा गिरी ४८ मतान्तरका साथ बाँकेको अध्यक्षमा निर्वाचित भएका छन् । गिरीले ११८ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी प्रदिप वाग्लेले ७० मत प्राप्त गरेर दोस्रो स्थानमा रहे ।
त्यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार विश्वराज पछल्डङ्याले १८ मत प्राप्त गरेका छन् । सोही प्रकारले उक्त निर्माचनमा वरिष्ठ उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२–१०२ मत प्राप्त गरेर आधा आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् ।
यसैगरी, महिला उपाध्यक्षमा सावित्रि गिरीलाई पराजित गरेर करुणा शाह विजयी भइन् । शाहले १०२ मत प्राप्त गरिन् भने गिरीले १०० मत प्राप्त गरिन् ।
सोही प्रकारले सचिवमा कृष्ण ओलीले १०७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शकील अहमद कादरी पराजित भएका छन् । कोषाध्यक्षमा सुनिल रेग्मीले १२२ मत प्राप्त गरेर ८३ मत ल्याउने बिजय मल्ललाई पराजित गरे ।
उक्त निर्वाचनमा सहसचिवमा रबिन्द्र सिंह ठकुरी, भगतराम थारू र कार्यसमिति सदस्यहरूमा रजनी योगी, आशा परियार, रेडियो बागेश्वरी एफएममा कार्यरत यदुराज मिश्र, रेडियो बागेश्वरी कर्मी निर्मला चौधरी, सलामत अलि शेष, पहल बहादुर केसी, सम्भु थारू, कृष्णराज अधिकारी, रबिन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सबित्रि बिश्वकर्मा, सजन आरसी र धना बिष्ट पनि बिजयी भएको निर्वाचन समितिका प्रमुख शरण कर्माचार्यले बताए ।
उनका अनुसार महासंघको बाँके शाखामा जम्मा मतदाता सङ्ख्या २४२ रहेकोमा २१८ मत खसेको थियो भने शुक्रबार राति ९ बजेबाट मतगणना सुरु भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार