Listen LIVE

राप्तीसोनारीको भुवरभवानीमा माघी मेला

राप्तीसोनारी : माघी अर्थात् माघे संक्रान्तिका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा पुस २९ देखि माघ ४ गतेसम्म लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन पुग्ने गरेको मेलाका संरक्षक एवं वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिए ।

“भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्न सके आस्थाको गन्तव्य बन्न सक्छ”, मीनकुमारले भुवरभवानी माघी मेलाबारे भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेको मेलाका संरक्षक एवं राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष तुलसीरामले बताए ।

प्रतिक्रिया