Listen LIVE

चितुवाको आक्रमणबाट महिला घाइते

धनगढी : चितुवाको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते भएकी छन् । शुक्लाफाँटा नगरपालिका –५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते भएकी हुन् । 

गोठमा रहेको गोरुलाई घाँस दिन जानेक्रममा उहाँमाथि चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट साउँदको पिठ्यूँ र टाउकोमा चोट लागेको वडा अध्यक्ष चक्र खड्काले जानकारी दिए । 

घाइते महिलाको झलारीस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया