रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका मुख्य तिर्थ स्थलहरूलाई देशकै मुख्य तिर्थ स्थलकारूपमा विकसित गरि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीमा रहेका ठुला र महत्त्वपूर्ण तीर्थस्थललाई देशकै पर्यटनको केन्द्रकोरुपमा जोडी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताए ।
यो ठाउँ प्रदेशको समृद्धि र विकासका निम्ति विभिन्न क्षणमा सरकारको तर्फबाट सहयोग हुने काम भइरहेको छ । चालू आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेटले सम्बोधन गरेको छ । यसका साथै यहाँ पानीको समस्या थियो, त्यसलाई हल गर्ने उद्देश्यका साथ खानेपानीको काम अघि बढेको छ, उनले भने, यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्रै नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ ।
जङ्गबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको जानकारी गराए । भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको उनले उल्लेख गरे ।
भक्तजनको अभिलाषा र चाहनाअनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने बताउँदै उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन समेत सरकारले विशेष ध्यान दिने स्पष्ट पारे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार