Listen LIVE

स्थानीय उत्पादनको अभावमा मुगुमा भारतीय तरकारी

मुगु : स्थानीय उत्पादनको अभाव हुँदा नेपालको हिमाली जिल्ला मुगु समेत भारतीय तरकारी र फलफूलमा निर्भर हुन परेको छ । स्थानीय उत्पादनको अभाव र सहज आयातको कारणले मुगुमा भारतबाट आयातको तीव्रता बढेको हो । 

भारतबाट ल्याइएका आलु, प्याज, टमाटर, लसुन, अनार, भिन्टी, हरियो सुकेको खुर्सानी सुन्तला केरा लगायतका तरकारी तथा फलफूलहरू बजारमा धेरै बिक्री  हुने र माग पनि धेरै हुने गरेको  फलफूल तथा तरकारी व्यापारी जुनतारा शाहीले बताइन् ।  

यो मौसममा मुगुमा हरियो सागपात बन्दा, गाँजर बाहेक अरू तरकारी नपाइने पनि शाहीले बताइन् ।

मुगुमा  हिउँदे सिजनमा  हरियो साग, बन्दा  बाहेक अन्य तरकारी  उत्पादन नहुने भएपछि भारतीय तरकारीको माग बढेको बताइएको छ । स्थानीय बजारमा भारतीय तरकारीको बिक्री वितरणले स्थानीय किसान र उत्पादकमा चुनौती सिर्जना गरेको छ । कृषिजन्य बस्तुहरूको उत्पादनमा वृद्धि गर्न र बाहिरी तरकारीको  आयात र  उपभोगलाई  निरुत्साहित गर्ने तथा स्थानीय कृषकहरूको  उत्पादनलाई बढवादिन स्थानीय सरकार र किसानहरू मिलेर काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया