Listen LIVE

प्रधानमन्त्री ओलीद्वारा पिताको हातबाट टीका ग्रहण

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् । 

साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवारजनलाई पनि टीका लगाइदिएको उनको सचिवालये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

यस पटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।

प्रतिक्रिया