Listen LIVE

माओवादीको एक महिने मधेश जागरण अभियान स्थगित

काठमाण्डौ : माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो ।

माओवादीका एक पदाधिकारीका अनुसार संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको हो ।

’संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो,’ ती पदाधिकारीले भने, ’संसद्का काम प्रभावकारी बनाउन हाल राजनीतिक अभियान स्थगित गरिएको हो ।’

अभियानका लागि अर्को तालिका बनाइने उनले बताए ।

प्रतिक्रिया