दाङ : लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत गरेका छन् । मन्त्री कुर्मीले मंगलबार बेलुका राजीनामा दिएका थिए ।
कांग्रेस केन्द्रीय समितिबाटै राजीनामाका लागि दबाब परेपछि उनले राजीनामा दिएका थिए । मुख्यमन्त्री आचार्यले बुधबार राजीनामा स्वीकृत गरेको आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिए ।
कांग्रेस–माओवादीको गठबन्धनबाट कुर्मी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । उनलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाएको थियो ।
मुख्यमन्त्री आचार्यले साउन १८ गते उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए । कुर्मीमाथी निर्मलादेवी कुर्मी प्रकरणमा आरोप लागेको छ ।
2024-09-11