दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताएका छन् ।
गृहवडामा आयोजित अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गरे ।
महासचिव पोख्रेलले केपि शर्मा वली नेतृत्व सरकारले विकासका माध्यमबाटजनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपाति नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताए ।
उनले फरक प्रसङ्गमा घोराही तुलसिपुर सडकखण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुनः ठेक्का प्रक्रिया अघि बढेको बताए ।
2024-10-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार