नेपालगञ्ज : बाँकेको कोहलपुर भएर बग्ने सिक्टा नहरमा एकजना मृत फेला परेका छन् । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ४ र १५ को बिचमा पर्ने नहरमा कोहलपुर १५ पेडारी बस्ने ४४ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको हो ।
मृतकको शवलाई प्रहरीले नहरबाट निकालेर पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएको छ भने उनको मृत्यु पानीमा डुबेर भएको वा अन्य कारणले भन्नेबारे अनुसन्धान अगाडी बढाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको डुबेरै मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीले मृत्युको कारण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने बताएको छ ।
पछिल्लो समय कोहलपुर आसपास क्षेत्रमा अत्याधिक गर्मी हुने भएकोले सिक्टा नहरमा पौडी खेल्न जानेहरुको संख्या बढेसँगै जोखिम समेत बढेको छ । निरन्तर वर्षापछि सिक्टाको मृख्यद्वार अगैयामा पानीको सतह बढेसँगै नहरमा समेत पानी भरिएर आउने र मानिसहरुलाई डुबाउन सक्ने भन्दै सतर्कता अपनाउन कोहलपुर प्रहरीले आम नागरिकहरुलाई अपिल समेत गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार