Listen LIVE

युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा ट्रम्प विश्वस्त

काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता युक्रेन द्वन्द्वको अन्त्यको लागि वाशिंगटनले सफलतापूर्वक वार्ता गर्नसक्ने विश्वास व्यक्त गरेका छन्।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले उक्त टिप्पणी गरेका हुन्। अहिले राष्ट्रपति र उनको टोली द्वन्द्व अन्त्य गर्न यस युद्धका दुवै पक्षसँग वार्ता जारी राख्नमा केन्द्रित रहेको बताए।

लेभिटले कोष सचिव स्कट बेसेन्ट कच्चा खनिजहरू प्रयोग गर्न युक्रेनीहरूसँग प्रश्तावित सम्झौताको बारेमा छलफलमा संलग्न भएको बताए।

प्रतिक्रिया