Listen LIVE

सुदूरपश्चिममा चार सभापति निर्विरोध निर्वाचित

धनगढी : सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको चार संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल निर्वाचित भएका हुन् ।

यस्तै, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुल्सी देवकोटा निर्विरोध निर्वाचित भएका छन् । 

उम्मेदवारीउपर दाबी विरोधको सूचना नपरेपछि उनीहरु सभापतिमा निर्विरोध निर्वाचित भएको प्रदेश सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । उनले केहीबेरमा आधिकारिक घोषणा हुने उल्लेख गरे ।

प्रतिक्रिया