काठमाण्डौ : यही मंसिर २८ हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
पत्रकार महासंघले सार्वजनिक गरेको कार्यतालिकामा मंसिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने र २८ मंसिरको बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको छ ।
त्यसैगरी, प्रदेश समितिको मनोनयन भने मंसिर २४ गते , जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
2024-12-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार