Listen LIVE

बिद्यार्थीले निर्माण गरेको सामग्री प्रदर्शनीमा बंगलामुखि मावि प्रथम

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयका विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्रीहरु प्रदर्शनी गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा गुलरियाको आयोजनामा सो प्रदर्शनी गरिएको हो । 

गुलरियास्थित बंगलामुखी माविमा आयोजना गरिएको प्रदर्शनीमा गुलरिया नगरपालिका भित्रका १० वटा बिद्यालयका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए । 

विद्यालयका बालवालिकाहरुले आफूभित्रका कला तथा क्षमतालाई प्रतिस्पर्धात्मक रुपमा बाहिर ल्याउन सकुन भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए । 

सो प्रदर्शनीमा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले आगामी दिनमा यस्ता कार्यक्रमहरू अझै आयोजना गरिनुपर्ने कुरामा जोड दिंदै विद्यार्थीहरूले बनाएका सामग्रीहरू अति नै राम्रा तथा उत्कृष्ट भएको दावी गरिन् ।

गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले विद्यालयले विद्यार्थीहरूका लागि यस्ता किसिमका सामग्री बनाउन वातावरण बनाइदिएकोमा धन्यवाद दिँदै आफ्नो सिकाई आफैमा सिमित नराखी आफ्नो प्रतिभालाई बाहिर निकाल्न विद्यार्थीहरुलाई सुझाव समेत दिए ।

सो प्रदर्शनीमा गरिएको मूल्यांकन अनुसार बंगलामुखी माध्यमिक विद्यालयले प्रथम, नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालयले दोस्रो, गौरीशंकर माध्यमिक विद्यालयले तेस्रो र महाकबि देवकोटा माबिले चौथो स्थान हासिल गरेका थिए । अन्य ६ विद्यालयले पनि सान्त्वना पुरस्कार स्वरुप नगद सहित केही शैक्षिक सामग्री हासिल गरेका थिए । 

उनिहरुलाई गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम लगायतले प्रमाणपत्र र पुरस्कार वितरण गरेके थिइन् । 

सो अवसरमा गुलरिया वडा नम्बर ६ का अध्यक्ष शुधाँसु प्रकाश शर्माले आगामी वर्ष स्टीम प्रदर्शनीका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया