नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वभाविक भएको बताएका छन् ।
सोमवार विहान नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । प्रतिवेदनले सिफारिस गरेका अन्य दोसी भनिएकाहरुलाई पनि छानविनका लागि सरकारले पक्राउ गर्नुपर्ने उनको भनाइ छ ।
वर्तमान अवस्थामा देखिएका बिभिन्न बिषयलाई समेटेर माओवादी केन्द्र लगायतका प्रतिपक्षि दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिए । सोमबार बेलुका प्रतिपक्षी दलले विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उनले स्पष्ट पारे ।
लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएकाले यसलाई सहज रुपमा लिनुपर्ने प्रचण्डले बताए ।
यसअघि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, माओवादी केन्द्र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वर गहतराज, लुम्बिनी प्रदेशका पूर्वमन्त्री नमुना केसी, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे र नविन शर्मा लगायतका नेताहरुले नेपालगञ्ज विमानस्थलमा पूर्व प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार