Listen LIVE

नरैनापुरकी एक बालिकामा जापानिज इन्सेफलाइटिस पुष्टि

नेपालगञ्ज : बाँकेको नरैनापुरका एक जना बालिकामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर १ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए ।  नरैनापुरमा यसअघि झाडावान्ताका कारण केहीको ज्यान समेत गएको थियो ।

भदौ ८ गते टाउको दुख्ने, ज्वरो आउने लगायतको स्वास्थ्य समस्या देखिएपछि ती बालिकालाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो । तर, बालिकाको स्वास्थ्यमा सुधार नआएपछि दुई दिनपछि भदौ १० गते उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

जापानिज इन्सेफलाइटिससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ल्याव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको शाहीले बताए । भेरी अस्पतालको पेडियाट्रिक वार्डमा बालिकाको उपचार भइरहेको छ ।

प्रतिक्रिया