काठमाण्डौ : अमेरिकाले देशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत चिनिया विद्यार्थीको भिसा रद्द गर्ने भएको छ। अमरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमार्फत चीन र हङकङबाट आएका विद्यार्थीको भिसाको गहन अनुसन्धान भइरहेको जानकारी दिए।
उनले अमेरिकामा अध्ययनका लागि आएका विद्यार्थीहरुको भि;ा जाँच गरी उनीहरुको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भए नभएको पत्ता लगाउने बताए। उनले अब भिषाका शर्त पनि संशोधन गरिने जानकारी दिँदै चिनिया र हङकङका भिषा आवेदकको गहन जाँच हुने बताए।
केही दिनअघि मात्रै अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा आवेदन स्थगित गरेको थियो । त्यसपछि अमेरिका चिनियाँ विद्यार्थीहरुसँग बढी आक्रामक देखिएको हो। राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिका र चीनबीचको सम्बन्ध थप बिग्रिएको छ । यी दुई देशबीच कर बढाउने विषयको प्रतिस्पर्धा छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार