Listen LIVE

बटालाको नेतृत्वमा अखिल क्रान्तिकारी बाँके

नेपालगञ्ज : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाँकेको २४ औं जिल्ला सम्मेलन मंगलवार सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी)बाँके जिल्लाको २४ औ जिल्ला सम्मेलनबाट सुनिल बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति सर्वसहमतिले निर्वाचित भएको छ ।

जसमा उपाध्यक्ष शान्ति बिक, उपेन्द्र आचार्य, भरत बुढाथापा, दिपेन्द्र शाही, सुबास मल्ल निर्वाचित भएका छन् ।

यस्तै सचिवमा लक्ष्मण मानव, सहसचिवमा स्वसिका थारु, जनक शर्मा (विनोद), जनक विएल, ईश्वर चन्द निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा राम बर्मा निर्वाचित भएका छन् ।

प्रतिक्रिया