Listen LIVE

नेपालगञ्जका उपमेयर राई जसपा नेपालको केन्द्रीय सचिव मनोनित

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सचिव मनोनित भएका छन् । जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समितिलाई पूर्णता दिने क्रममा राई केन्द्रीय सचिव मनोनित भएका हुन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करीब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् । त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो । त्यसपछि पदाधिकारी मनोनित गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिइएको थियो ।

राई जसपा विभाजन हुनु अघि बाँके जिल्ला अध्यक्ष थिए । विभाजनका बेला उनले उपेन्द्रलाई साथ दिए । बाँके जिल्लामा जसपाको संगठन निर्माणमा अग्रणी भूमिका खेलेका राई भद्र र शालिन नेताका रुपमा चिनिन्छन् । 

मधेश आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । जसपा नेपालमा केन्द्रीय सचिवको जिम्मेवारी पाएका राईले आफ्नो भूमिकालाई कुशलतापूर्वका निभाउँदै पार्टी संगठन निर्माण र विस्तारमा दत्तचित्त भएर लाग्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया