Listen LIVE

‘मिस युनिभर्स’ मा भाग लिन बैंकक उडिन् सान्या

काठमाण्डौ : ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन मिस युनिभर्स नेपाल सान्या अधिकारी शुक्रबार थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिस युनिभर्स नेपालका आयोजक संस्थाका पदाधिकारीले बिदाइ गरे ।

नोभेम्बर महिनामा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।

थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ । साउदी अरेबियाले पहिलोपटक भाग लिँदैछ ।

नेसनल कस्ट्युम र प्रारम्भिक प्रतिस्पर्धा १९ नोभेम्बरदेखि सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया