दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्धनलाई मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताएका छन् ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन प्रवर्धन तथा भ्रष्टाचार अन्त्यका लागि पाँचबर्से रणनीतिक योजना निर्माण गरेको र त्यसकै आधारमा सुशासन प्रवर्धनका कार्य अघि बढाएको बताएका हुन् ।
एकबर्षे उपलब्धिको विवरण बैठकमा सुनाउँदै मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामलाई पार्टी पङ्क्तिमार्फत जनस्तरमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।
एक वर्षको अवधिमा सुशासन प्रवर्धन र भ्रष्टाचार निवारणका लागि बनाएको पाँचबर्से रणनीतिक योजना कार्यान्वयनमा ल्याएको भन्दै मुख्यमन्त्री आचार्यले भने, “पूर्वविशिष्ट पदाधिकारीले पाउने सेवा सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु¥याएका छौँ । एक वर्षको अवधिमा प्रदेश गौरवका योजनालाई नयाँ उचाइमा पु¥याउन सफल भएका छौँ । सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल निर्माण, कालोपत्रे सडक, नयाँ सडक निर्माणमा उपलब्धि हासिल भएका छन् ।”
उनले सरकारका कामकारबाहीबाट गाउँ र सहर जोडिन पुगेको, किसानले सिँचाइ सुविधा पाएको, स्थानीय उत्पादनले बजार पाएको, शैक्षिक गुणस्तरमा सुधार आएको र पर्यटन प्रवर्धनमा प्रदेश सरकारले सफलता प्राप्त गरेको बताए । मुख्यमन्त्री आचार्यले एकबर्षे उपलब्धिको विस्तृत विवरण बैठकमा प्रस्तुत गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार