Listen LIVE

बाँकेको डुडुवा ६ मा एकदिने स्वास्थ्य शिविर सम्पन्न

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित स्वास्थ्य चौकी हिरमियनियामा महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । बि ग्रुपको सहयोग र स्वास्थ्य चौकी हिरमिनियाको सहकार्यमा शिविर सम्पन्न भएको हो ।

महिलाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य शिविरमा ४ सय ५० जनाले सेवा लिएको स्वास्थ्य चौकी हिरमिनियाका इञ्चार्ज भिम बहादुर बिकले बताए ।

शिविरमा स्त्री रोग विशेषज्ञद्वय डा. कल्पना थापा र उर्मिला पराजुलीले चेकजाँच गरेको उनले बताए । शिविरमा जाँच गरिएका अधिकाँश महिलामा पेट सम्बन्धी समस्या रहेको सेवा दिने चिकित्सकहरुले बताएका छन् ।

यस्तो शिविरले सेवाग्राहीको चिकित्सकसँग सिधा सम्पर्क हुनुका साथै घरमै सुविधा पाएकोमा स्थानीयहरु खुशी भएको बताएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया