काठमाण्डौ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्।
टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा बताएका हुन्। सिरियाली शरणार्थीहरू फर्कने क्रममा भीडभाड रोक्न र ट्राफिकलाई सहज बनाउन यायलदागी क्रसिङ खोल्ने बताए। दक्षिणी हाते प्रान्तको यायलदागी क्रसिङ सिरियाको उत्तरपश्चिमी छेउमा अवस्थित छ। यस क्षेत्रमा द्वन्द्वका कारण सन् २०१३ देखि बन्द गरिएको छ।
सिरियामा घर फर्कन खोज्ने सयौं शरणार्थीहरू पनि दक्षिणी टर्कीका दुई अन्य सीमानामा भेला भएका छन्। नोभेम्बर ३० मा अपडेट गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार टर्कीएमा लगभग ३.७ मिलियन सिरियाली शरणार्थी छन्।
2024-12-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार