Listen LIVE

सबै विदेशी मुद्राको मूल्य घट्यो

काठमाण्डौ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेत दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ९६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७३ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १७ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ । हिजो कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५८ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २१ पैसा थियो ।

प्रतिक्रिया