बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेल असोज २१ गते बाजुरा आउने छन् । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटेश्वरी मन्दिरमा निर्माण गरिएको भवनको उदघाटन गर्न राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् ।
राष्ट्रपति बनेपछि पहिलो चोटी बाजुरा आउन लागेका राष्ट्रपति पौडेलले सोही अवसरमा सुदूरकै भू–स्वर्गका रुपमा परिचित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् ।
बडीमालिकाको दर्शनसँगै पर्यटकका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको उदघाटनका लागि बाजुरा आउने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमण तालिका तय भई उदघाटनको सम्पूर्ण तयारी थालिएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताए ।
नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति पौडेल यही असोज २१ गते बाजुरा आउने कार्य तालिका रहेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिलराज कार्कीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार