Listen LIVE

संविधानसभा सदस्य सिद्दिकी (भोला)को निधन

नेपालगञ्ज : संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी कांग्रेस नेता सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिए । 

इमान्दार र जुझारु स्वभावका सिद्दिकी दोस्रो संविधानसभा २०७० मा समानुपातिकतर्फ सभासद  भएका थिए । उनको आज अपरान्ह ४ बजे अन्त्येष्टि गरिने कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया