Listen LIVE

अन्टाको अध्यक्षमा नेपालका तौलेश्वर चयन

नेपालगञ्ज : अमेरिकामा रहेको नेपाली तराइ एनको संस्था (अन्टा)को ७औं महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै भव्यतापुर्वक सम्पन्न भएको छ । नेपालको अवधी भाषी क्षेत्रबाट प्रतिनिधित्व गरेका पहिलो पटक तौलेश्वर प्रसाद चौधरीलाई अन्टाको अध्यक्षमा चयन गरिएको छ ।

चौधरीको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अमेरिकाको वाशिङटन डी.सी. मा सम्पन्न महाधिबेशनले दुई वर्षे कार्यकालका लागि नया कार्यसमिति चयन गरेको हो । 

सम्मेलन एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिइएको छ । महाधिवेशनको प्रमुख अतिथिमा नेपालका प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीका राष्ट्रीय अध्यक्ष, डा. सिके राउत रहेका थिए । संस्थाका चार जना संस्थापक सदस्यहरूः अन्नपूर्णा देव, ललित झा, मुकेश सिंह, रतन झा, साथै सल्लाहकारहरूः लोकेन्द्र ठाकुर र मुकेश कर्णको विशेष उपस्थिति थियो रहेको थियो । 

विभिन्न राष्ट्रिय र क्षेत्रीय संस्थाहरूका प्रमुख व्यक्तित्वहरू सम्मेलनमा समाविष्ट भएका थिए, जसमा कविन्द्र सिटौला (एएनएस–कार्यकारी), खगेन्द्र अधिकारी (एसोसिएसन अफ नेपालीज इन अमेरिका), चन्दन सिंह (अध्यक्ष–मधुर), निलु के. उप्रेती (उपाध्यक्ष–अमेरिका नेपाली समाज), एड्रियन पोख्रेल (राजनीतिज्ञ), किरण सिटौला (उपमेयर–इन्डियन हेड, मेरील्याण्ड ), राम खरेल (सीईओ, सगरमाथा टिभी), इन्द्रजीत यादव (राष्ट्रिय उप महासचिव–जनमत पार्टी), धिरज के शाह (वरिष्ठ उपाध्यक्ष–एनआरएन–गैर आवासीय मधेसी संघ) लगायत प्रसिद्ध मिथिला चित्रकला कलाकार अजित साहको उपस्थितिले कार्यक्रममा समृद्ध सांस्कृतिक आयाम थपिएको थियो ।

महाधिवेशनमा करिब २०० जना अन्टाका सदस्यहरू सम्मेलनमा सहभागिता जनाएका थिए । निवर्तमान सभापति डा. मृदुला गुप्ताले नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि निवर्तमान तथा नवनिर्वाचित दुवै अध्यक्षले मन्तव्य राखेका थिए । 

नवनिर्वाचित नयाँ सदस्यहरूले संस्थाको उपनियम तथा अमेरिकी संविधानप्रति वफादार रहने वाचा गरेका थिए । महाधिबेशनमा डा. नम्रता जीआर राउत र सम्राट झाले किशोर बालबालिकाहरुको सभा सञ्चालन गरेको अध्यक्ष चौधरीले बताए । 

त्यस अवसरमा (सुष्मा, आद्या, ईशा, प्रिशा, ओपल, सौरभ, रिद्धी, आराध्या, जिशा र अन्य) ले सामुदायिक संलग्नताको बारेमा व्यावहारिक अन्तरक्रिया गरिएको थियो । साँझको सत्रमा संस्था र समुदायप्रतिको प्रतिबद्धताका लागि उपलब्धिहरूलाई सम्मान गरिएको थियो । सामुदायिक सेवामा संलग्न अन्य सदस्य र युवा स्वयंसेवकहरूलाई विभिन्न पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया