Listen LIVE

भेरी अस्पतालमा १७ सय जनालाई ‘एआरटी सेवा’

नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जमा १७ सय जना एचआइभी सङ्क्रमितले एआरटी सेवा पाएका छन् ।  सन् २००४ मा स्थापना भएको एआरटी सेन्टरले हालसम्म १७ सय जनालाई एआरटी सेवा दिएको हो । यो अवधिमा १९ सय जनाको रोग पहिचान भएको छ भने २ लाख जनाको एचआइभी परीक्षण गरिएको छ । 

भेरी अस्पतालका एचआइभी फोकल पर्सन वरिष्ठ फिजिसियन डा. सङ्केत कुमार रिसालले एआरटी सेवा प्रभावकारी देखिएको बताए । डा. रिसालका अनुसार एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित आमाबुवाबाट जन्मेका सन्तान सङ्क्रमणमुक्त छन् । 

एआरटी युनिटबाट हाल ५८८ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । ती मध्ये २९१ पुरुष, २५८ महिला, १५ जना बालक, १४ जना बालिका र १० जना अन्य छन् । त्यसमा नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी ११४ जना छन् भने सबैभन्दा कम जानकीमा १९ जना रहेको एआरटी काउन्सेलर इन्द्र सैनीले बताए । 

यस्तै कोहलपुरमा ८३, खजुरा ५४, बैजनाथ ४२, नरैनापुर ४१, डुडुवा ३७ र राप्तीसोनारीका ३५ जना छन् । नेपालगञ्ज उपमहानगरपालिकामा पनि सबैभन्दा बढी वडा नम्बर ४ मा छन् ।

प्रतिक्रिया