Listen LIVE

ट्याक्टर दुर्घटनामा चालक सहित दुई घाइते

हुम्ला : सिमकोट गाउँपालिका–२ को ठेहे गाउँतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर वडा नम्बर २ को पैरापोरीमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर सिमकोट गाउँपालिका–२ को पैरापोरी भन्ने स्थानमा दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार कच्ची सडकबाट पचास मिटर तल खसेको ट्याक्टर दुर्घटनाबाट सिमकोट गाउँपालिका– ६ का चालक २७ वर्षका धनबहादुर सुनार र सहचालक सिमकोट गाउँपालिका– २ का २३ वर्षका प्रीति सुनार घाइते भएका छन् । 

घाइते दुवै जनालाई ठेहे स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा ल्याई पु¥याएर उपचार सुरु भएको छ । कर्णाली प्रदेश ०२००१ त ० ३५२ नम्बर ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर बिहान पौने एक बजे दुर्घटना भएको हो । ट्याक्टर सिमकोटबाट खाद्यान्न लोड भएर गएको हो ।

प्रतिक्रिया