Listen LIVE

शहीदहरूको सालिकमा प्रधानमन्त्रीद्वारा माल्यार्पण

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीदहरूको सालिकमा माल्यार्पण गरेका छन्।

बुधवार लैनचौरस्थित शहीदहरूको सालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेका हुन्। हरेक वर्ष शहीदहरूको स्मरणमा माघ १६ गते शहीददिवस मनाइन्छ।

शहीददिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

सोही अवसरमा प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरू, सरकारका उच्चपदस्थ कर्मचारीहरू लैनचौर पुगेर शहीदहरूको सालिकमा माल्यार्पण गरेका छन्।

प्रतिक्रिया