Listen LIVE

बर्दियामा बलात्कार आरोपी पक्राउ

बर्दिया : प्रहरीले २३ वर्षिया विवाहित महिलालाई बलत्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । बर्दिया गुलरिया–१ का ४० वर्षिय राकेश कुमार बन्जाडालाई आफनो घरमा सुती रहेकी महिलालाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बताए ।

बन्जाडालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी अर्यालले जनाए । उनलाई प्रहरी चौकी खैरापुरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,बर्दियाको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया