Listen LIVE

कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई विजयी

नेपालगञ्ज : कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक समावेशी व्यवसायी प्यानलका प्रदिप भट्टराई विजयी भएका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ७९५ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिक समावेशी व्यवसायी प्यानलका चण्डी प्रसाद गैरे ७८४ मत प्राप्त गरी विजयी भएका छन् भने उपाध्यक्ष उद्योग पदमा प्रगतिशिल व्यवसायी प्यानलका अर्जुन प्रसाद सुवेदी ७१६ मत ल्याई विजयी भएका छन् ।

यस्तै उपाध्यक्ष वस्तुगत पदमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहकै राकेश विष्ट ८४९ मत, सोही समूहकै महासचिव पदमा दीपक बहादुर भण्डारीले ८३५ मत, उपमहासचिव पदमा राजकुमार पौडेलले ७६५ मत, कोषाधक्ष्य पदमा भूमिराज कँडेलले ७४८ मत, सहकोषाधक्ष्य पदमा प्रगतिशिल व्यवसायी समूहका टंक प्रसाद खनालले ७७६ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी महिला सदस्यमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहकै ममता थापा र सिता योगी अधिकारी विजयी भएकी छन् । थापाले ७२४ मत र अधिकारीले ६३९ मत प्राप्त गरी विजयी भएकी हुन् ।

यस्तै खुला सदस्यपदमा प्रगतिशिल व्यवसायी समूहका २ जना र लोकतान्त्रिक समावेशी व्यवसायी समूहका ८ जना विजयी भएका छन् ।

प्रगतिशिल व्यवसायी समूहका तर्फबाट अंकित सिग्देल ६७९ मत र ढक बहादुर थारु ६०९ मत प्राप्त गरी विजयी भएका हुन् भने यता लोकतान्त्रिक समावेशी व्यवसायी समूहका तर्फबाट अमृत प्रसाद पौडेल ८५३ मत, अशोक गौडेल ७११ मत, किरण कुमार बिक ६२९ मत, किरण कुमार श्रेष्ठ ७०८ मत, गिरिधारी शर्मा सुवेदी ६८२ मत, गौरव श्रेष्ठ ७५० मत, नोखराज रावत ६०६ मत श्रीधर सुवेदी ६७५ मत प्राप्त गरी विजयी भएका हुन् ।

यस्तै एसोसिएट सदस्यमा लोकतान्त्रिक समूहका राजेन्द्र प्रसाद रिजाल ४० मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिक्रिया